दुष्मनीको हल्ला चलिरहँदा बर्षा शिवाकोटीले भनिन्, ‘बर्षा राउत मेरो मिल्ने साथी’


५ जेष्ठ २०७६, आईतवार
barsha

काठमाडौ, ५ जेठ । शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘वीर विक्रम २’ ले २ दिन सिंगल हलमा राम्रो व्यापार गरेपछि नायिका वर्षा शिवाकोटी उत्साहित छिन् । यो चलचित्रले मित्रता र प्रेमको कथालाई उठान गरेको छ । चलचित्रमा नायक पल शाह र नाजिर हुसेनको मित्रता देखाइएको छ ।

शनिबार दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न हल पुगेकी नायिका वर्षा शिवाकोटीलाई तपाइको चलचित्र क्षेत्रमा मिल्ने साथी को–को छन् भनेर पत्रकारले प्रश्न राखेका थिए । जसमा शिवाकोटीले भनिन्, ‘मेरो त पल, नाजिर नै मिल्ने साथी हुनुहुन्छ ।’

‘वीर विक्रम २’ को टिम भन्दा बाहिरकोे आँचल मिल्ने साथी हो भनिन्, वर्षा राउत पनि मेरो मिल्ने साथी हुन् ।’ चलचित्र क्षेत्रमा २ वर्षाबीच दुष्मनी छ भन्ने चर्चा चल्छ । तर, वर्षाले भने वर्षा राउतलाई आफ्नो मिल्ने साथी बताएकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७