७२ बर्ष लामो इतिहास बोकेको ‘कान्स फेस्टिभल’ मा प्रियंका कार्की


५ जेष्ठ २०७६, आईतवार
Priyanka

काठमाडौं, ५ जेठ । विश्वका चर्चित सेलिब्रिटीहरु उपस्थित हुने ‘कान्स फिल्म फेस्टिभल–२०१९’ मा पहिलो पटक नेपालले पनि सहभागिता जनाउने भएको छ । ७२ बर्ष लामो इतिहास बोकेको विश्वकै ठूलो यो फेस्टिभलमा नायिका प्रियंका कार्कीले पहिलो पटक उपस्थिति जनाउँदै छिन् ।

यो फेस्टिभल मे १४ देखि फ्रान्सको राजधानी पेरिसमा जारी छ । मे २५ सम्म यो महोत्सव चल्नेछ । महोत्सवमा हलिउडकी नायिका सेलेना गोमेजदेखि बलिउडका नायिकाहरु प्रियंका कार्की, दिपिका पादुकोण, कंगना रनावत, ऐश्वर्या राय, हुमा कुरेसीलगायतले सहभागिता जनाइरहेका छन् ।

पहिलो पटक विश्वकै ठूलो महोत्सवमा सहभागिता जनाउन लागेकी नायिका कार्की यो कुराले निकै नै खुशी छिन् । उनलाई अप्रिल महिनामा नै यो प्रस्ताव आइसकेको थियो । कार्कीले उत्साहित हुँदै भनिन् ‘मलाई कान्सको टिमबाट नै निमन्त्रणा आएको हो । यहाँ आफै प्रवेश पाइदैन । कान्सका सदस्य नै मलाई भेट्न आउनुभएको थियो । मेरो इन्स्टाग्रामको सक्रियता हेरेपछि उहाँहरुले मलाई निमन्त्रणा गर्नुभयो ।’

प्रियंकाले भनिन् ‘यो मेरा लागि मात्र होइन, नेपालकै लागि पनि महत्वपूर्ण छ । किनकी, त्यहाँ म कुनै नेपाली चलचित्रको शोमा मात्र उपस्थित हुन लागेकी होइनँ । म मे २० देखि मे २४ सम्म हुने विभिन्न कार्यक्रममा सहभागीता जनाउनेछु ।’

प्रियंका आज बेलुकी फ्रान्स उड्दैछिन् । उनी भोली नै रेड कार्पेटमा उपस्थित हुनेछिन् । प्रियंकाले भनिन् ‘भोलि त म रेड कार्पेटमा मात्र हिड्नेछु । यसपछि पिस नाइट नामक एउटा कार्यक्रम हुँदैछ । जसलाई माइकल ज्याक्सनको परिवारले स्थापना गरेको फाउन्डेशनले आयोजना गर्दैछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७