सुरविना र मुकुनको ‘लुकिछिपी’ प्रेम (भिडियोसहित)


५ जेष्ठ २०७६, आईतवार
Mukun and Surabina at Lukichhipi Mayama

काठमाडौं, ५ जेठ । चलचित्र ‘बुलबुल’ मा काम गरेर चर्चा पाएका मुकुन भुषालले ‘लुकिछिपी’ बोलको म्यूजिक भिडियोमा मोडलिङ गरेका छन् । भिडियोमा मुकुन र सुरविनाको व्यक्त हुन नसकेको प्रेमलाई देखाइएको छ ।

हट नायिकाको परिचय बनाएकी सुरविनाले भिडियोमा आफूलाई केही फरक देखाउन खोजेकी छिन् । यो गीतमा गणेश सेन्चुरीको शब्द, संगीत तथा स्वर छ । निर्देशक नविन चौहानले सामान्य प्रस्तुतिमा भिडियोमा केही फरकपन खोजेका छन् । गाउँले परिवेशमा तयार पारिएको भिडियोले हिमाली जनजीवनलाई देखाएको छ ।

भिडियोमा मुकुन र सुरबिनासँगै मनिष तामाङ तथा अनु काफ्लेले पनि काम गरेका छन् । यो भिडियोमा निश्चल पौडेलको छायांकन, भीम विश्वकर्माको सम्पादन रहेको छ ।
हेर्नुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७