म्यानचेस्टर सिटी किन छाडे भिन्सेन्ट कोम्पनीले ?


५ जेष्ठ २०७६, आईतवार
vincent kompany

काठमाडौं, ५ जेठ । म्यानचेस्टर सिटीलाई कीर्तिमानी उपाधि दिलाएका कप्तान भिन्सेन्ट कोम्पनीले क्लब छाडेका छन् ।

शनिबार राति म्यानचेस्टर सिटीलाई एफए कपको उपाधि दिलाएका कप्तान कोम्पनीले क्लब छाडेका छन् । सन् २००८ देखि २०१९ सम्म सिटीमा आवद्ध बेल्जियमका सेन्टर ब्याक कोम्पनी अब कता जाने छन् भन्ने विषय खुलेको छैन ।

म्यानचेस्टर सिटीले शनिबार राति एफएकपको फाइनलमा वाटफोर्डलाई ६–० गोलको जित हात पार्दै उपाधि जितेको थियो । यो उपाधि जितेसँगै एकै सिजनमा सिटीले प्रिमियर लिग, एफए कप र काराबाओ कप गरी तीन वटा प्रतियोगिताको उपाधि जित्दै रेकर्ड राखेका थिए ।
३३ वर्षीय कोम्पनीले म्यान्चेस्टर सिटीलाई चार प्रिमियर लिग, दुई एफए कप र चार लिग कपको उपाधि जिताएका छन् । उनले ३६० खेलबाट क्लबका लागि २० गोल गरेका छन् ।

क्लब छाड्ने घोषणा गर्दै कोम्पनीले भनेका छन्, ‘मेरो जाने समय आएको छ । म सबैप्रति आभारी छु कि जसले मलाई यो क्लबमा स्थान दियो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७