नेपाल टेलिकमले ल्यायो आकर्षक अफर, अब १० पैसामै मज्जाले कुराकानी


५ जेष्ठ २०७६, आईतवार
Ntc Head office Building
फाइल तस्बिर

काठमाडौं, ५ जेठ । के तपाईलाई फोनमा हालेको पैसा फारु हुँदैन । अनि रिचार्ज गर्दा गर्दा हैरान भइसक्नु भयो ? यदि त्यसो हो भने अब तपाईको मोवाइलको पैसा निकै फारु हुने खालको आकर्षक अफर नेपाल टेलिकमले ल्याएको छ ।

नेपाल टेलिकमले आम ग्राहकको हितलाई ध्यानमा राखी मोवाइलबाट १० पैसामै एक मिनेटसम्म कुरा गर्न सकिने सुविधा उपलब्ध गराएको छ । कम्पनीले ०७६ बैशाख १ गतेबाट ‘डे भ्वाइस प्याक’ योजना अन्तर्गत यस्तो सुविधा उपलब्ध गराएको हो ।

यो सेवा उपभोग गर्नका लागि मोवाइलमा VOICE90 लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ । त्यसपछि जम्मा ९ रुपैयाँले बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १२ घण्टाको अवधिमा ९० मिनेटसम्म कुराकानी गर्न सकिनेछ । यो सुविधा कम्पनीका जिएसएम र सिडिएमएका प्रिपेड र पोस्टपेड दुवैथरी मोवाइलका ग्राहकहरुका लागि उपलब्ध छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७