एआइडीले नेपालमा हालसम्मै ठूलो ‘एआइ एक्सो’ आयोजना गर्दै


५ जेष्ठ २०७६, आईतवार
ai

काठमाडौं, ५ जेठ । फ्युज मेशिन तथा आर्टिफिसियल इन्टेलिजेन्स फर डेभेलपमेन्ट (एआइडी) ले नेपालमा हालसम्मै ठूलो आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) एक्सपो आयोजना गर्ने भएको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) सलुसन, सफ्टवेयर र सर्भिस प्रोभाइडर फ्युज मेशिन तथा अनुसन्धान र विकास संगठन (आर्टिफिसियल इन्टेलिजेन्स फर डेभेलपमेन्ट) (एआइडी) को सह–आयोजनामा सन् २०१९ अगष्ट २४ गते सोल्टी क्राउन प्लाजामा एआई एक्सपो आयोजना हुने भएको हो ।

एआई एक्सपोको मुख्य उद्देश्य सूचना तथा प्रविधिमा भइरहेका नविनतम गतिविधिहरुलाई एउटै छानामुनिबाट प्रदान गर्नु, विद्यार्थी, व्यवसायीहरूलाई निःशुल्क प्रशिक्षण, अपलाइड एआइमा ह्यान्ड्स अन अनुभव प्रदान गरी गुणस्तरीय आइटी प्रोडक्टहरुको सिर्जना गराउनु रहेको आयोजकले जनाएको छ ।

फ्युज मेशिनका सिइओ र कोलम्बियाका प्रोफेसर समिर मास्के भन्छन्, ‘एआइ एक्सपो जस्ता कार्यक्रमले निश्चित रूपमा प्रतिभागीहरूलाई एक आपसमा हुने सञ्जाल र सहकार्यबाट एआई बुझ्न प्रोत्साहित गर्नेछ र एआइ प्रोटोटाइपहरू निर्माण गर्न सहयोग गर्दछ ।’

सहभागीहरूले एआइ र त्यसको समकालीन प्रगति र उपयोगकाबारेमा शिक्षा मात्र नपाएर प्रदर्शनीको दौरान केहि व्यावहारिक प्रोटोटाइपहरू निर्माण गर्न सहयोगी साथी, विद्यार्थी, एआई विशेषज्ञहरू, प्रोफेसर र डोमेन विशेषज्ञहरूसँग सहयोग लिन सक्ने पनि सिइओ मास्के बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७