पर्वतमा एमालेका पदम गिरी १० हजार मतले अगाडि


२४ मंसिर २०७४, आईतवार
uml

पर्वत : पर्वतमा वाम गठवन्धनको एमालेका पदम गिरीले १० हजार भन्दा बढी मतले अग्रता लिएका छन् । ५९ हजार ५ सय ४३ मत गणना हुँदा गिरीले ३३ हजार १ सय ४७ मत ल्याएका छन् भने कांग्रेसका अर्जुन जोशीले २३ हजार १ सय ५ मत ल्याएका छन् । १० हजार ४२ मत गणना हुन बाँकी छ ।uml
प्रदेश सभा ‘क’ मा माओवादीका नेत्रनाथ अधिकारीले १७ हजार ३ सय ८६ मत ल्याएका छन् भने कांग्रेसका नवराज गुरूङले १४ हजार २ सय २० मत ल्याएका छन् ।

प्रदेश सभा ‘ख’ मा एमालेका विकास लम्सालले १४ हजार ४ सय २१ मत ल्याए भने कांग्रेसका राजेन्द्र तिवारीले १२ हजार ४ सय ८ मत ल्याएका छन् । पर्वतमा ६९ हजार ८ सय ५३ मत खसेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७