मेस्सीको दुई गोलले इबरसँग बराबरीमा रोकियो बार्सिलोना


६ जेष्ठ २०७६, सोमबार
messi 2

काठमाडौं, ६ जेठ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले इबरसँग बराबरी खेलेको छ ।
गए राति भएको खेलमा बार्सिलोनाले इबरसँग २–२ गोलको बराबरी खेलेको हो ।

बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले दुई गोल गरे । इबरका लागि मार्क कुकुरेल्ला र पाब्लो डी ब्लासिसले एक एक गोल गरे ।

इबरविरुद्ध दुई गोल गरेसँगै मेस्सीले यस सिजनको सबैखाले प्रतियोगितामा ५० औँ गोल पूरा गरेका छन् । बराबरीसँगै बार्सिलोनाले ८७ अंक जोड्दै एट्लेटिको मड्रिडलाई ११ अंकले पछि पारेका छ । दोस्रो स्थानको एट्लेटिकोले ७६ अंक छ । बार्सिलोनाले उपाधि भने यसअघि नै जितिसकेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७