काठमाडौं–५ मा मतगणना सूचारु, ईश्वर पोखरेल साढे ६ हजार मतको अग्रता


२४ मंसिर २०७४, आईतवार
ishowar pokhrel 1

काठमाडौं : काठमाडौं क्षेत्र नं. ५ को रोकिएको मतगणना सूरु भएको छ । मतगणनामा सूचारु भएपछि एमालेका ईश्वर पोखरेलले आफ्नो सुरुआती अग्रता कायम राखेका छन्।ishowar pokhrel 1
पछिल्लो परिणामअनुसार उनले १५४८१ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ। उनका निकट प्रतिद्वन्द्वी कांग्रेसका प्रकाशशरण महतले ८८८८ मत ल्याएका छन्। भने विवेकशील साझाका उज्वलबहादुर थापा ३९९० मत ल्याएर तेस्रो स्थानमा छन्।
कुल १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा वाम गठबन्धन तर्फबाट एमाले ५ स्थानमा जितेर सबभन्दा अगाडि छ भने कांग्रेसले ४ स्थानमा जितेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७