अब नेपालमै बनेको टिभिएसका मोटरसाइकल चढ्न पाइने, कति होला मूल्य ?


६ जेष्ठ २०७६, सोमबार
tvs

काठमाडौं, ६ जेठ । अब नेपालमै निर्माण भएको टिभिएस मोटरसाइकल चढ्न पाइने भएको छ । बजाजपछि टिभिएसका मोटरसाइकल तथा स्कुटर नेपालमै एसेम्बल हुन लागेका छन् ।

नेपालमा टिभिएसका दुई पांग्रे बिक्री वितरणको जिम्मा पाएको जगदम्बा मोटर्सले नेपालमै एसेम्बल गर्नका लागि प्रक्रिया अघि बढाएको छ । नेपालमै एसेम्बल गर्नका लागि काम अघि बढाइएको र यसले केही समय लिने जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक दिपक अग्रवालले जानकारी दिएका छन् । एसेम्बल गर्नका लागि सम्भाव्यता अध्ययनको काम सकाएर प्रशासनि तथा अन्य काममा कम्पनी लागिपरेको अग्रवालको भनाइ रहेको छ ।

टिभिएसका सबै उत्पादन भने शुरुवातमै नेपालमा एसेम्बल हुने छैनन् । लोकप्रिय मोडलबाट शुरु गर्ने कम्पनीको तयारी रहेको छ ।

‘हामी अपाच्चेबाट शुरु गर्छौ होला, यद्यपी यसले केही समय भने लिन्छ’ अग्रवालले सुनाए । हाल नेपालमा बजाजको डिस्कभर मोडलका मोटरसाइकल नेपालमा एसेम्बल भइरहेका छन् । नेपालमै एसेम्बल भएपछि मूल्यमा केही सस्तो र रोजगारी सिर्जनामा योगदान पुग्ने कम्पनीको विश्वास रहेको छ ।

नेपालमै एसेम्बल भएका मोटरसाइकल तथा स्कुटर नेपाली बजारमै खपत हुने अवस्था जुन जुन मोडलको आउछ त्यसको उत्पादन शुरु गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७