सौगात र श्रृष्टी एक अर्काको प्रेममा खुशी


६ जेष्ठ २०७६, सोमबार
Shrist Saugat Malla

काठमाडौं, ६ जेठ । नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठ लामो समयदेखि प्रेममा छन् । चलचित्र ‘पोई पर्यो काले’ मा एकसाथ काम गर्न लागेका सौगात र श्रृष्टी एकसाथ काम गर्दा खुशी छन् ।

यो जोडीले यसअगाडि चलचित्र ‘मासु भात’ मा पनि काम गरिसकेको छ । प्रेममा रमाएका यी दुईले बिहेसम्मको यात्रा सम्भव भएको सुनाएका छन् । चलचित्र ‘पोई पर्यो काले’ मा नायक सौगात मल्ल नायिका पूजा शर्माको जोडीको रुपमा देखिदैछन् ।

श्रृष्टीको प्रेममा सौगात पनि खुशी छन् । श्रृष्टी सौगातसँग बिहेको बिषयमा भन्छिन्, ‘हामी अहिले एकदमै खुशी छौ । अहिलेको अवस्थामा हामी एक अर्कालाई सम्मान पनि गर्छौ । यसैले, यो अवस्था रह्यो भने बिहेसम्म जानका लागि कुनै अप्ठ्यारो छैन ।



प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७