२३ सदस्यीय राष्ट्रिय फुटवल टिम घोषणा, भरत र विमल आउट, अभिषेकको इन्ट्री

फुटबल खेल्नकै लागि अष्ट्रेलियाबाट नेपाल आएका जगजित टिममा अटेनन्


६ जेष्ठ २०७६, सोमबार
football

काठमाडौं, ६ जेठ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टिमको टुङ्गो लगाएका छन् ।

मलेसिया र चाइनिज ताइपेइविरुद्धको मैत्रीपूर्ण खेलका लागि सोमबार बेलुकी नेपाली फुटबल टिम घोषणा भएको हो । नेपाली टीममा पहिलो पटक अभिषेक रिजालले ठाउँ पाएका छन् ।

विंगर मिडफिल्डर अभिषेक मनाङ मस्र्याङ्दी क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका १९ वर्षीय खेलाडी हुन् । त्यस्तै पूराना अनुभवी खेलाडी जगजित श्रेष्ठ भने टिममा परेका छैनन् । उनी राष्ट्रिय टीमबाट फुटबल खेल्नकै लागि अष्ट्रेलियाबाट नेपाल आएका थिए ।

यो पटकको फरवार्ड लाइनमा दुई जना चर्चित अनुहार नहुने भएको छ । आर्मीका कप्तान भरत खवास, हेमन गुरुङ र विमल घर्तीमगर टिममा छैनन् । उनीहरु चोटका कारण टीममा पर्न असफल भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपालले जुन २ तारिखमा मलेसियासँग उसैको भूमिमा खेल्दैछ भने जुन ६ तारिखमा चाइनिज ताइपेइसँग खेल्दैछ ।

यस्तो छ नेपाली फुटबल टिम

गोलकिपर–किरण चेम्जोङ, एलन न्यौपाने, विकेश कुथु

डिफेन्स–विराज महर्जन (कप्तान), सरोज दाहाल, रन्जित धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवि सिलवाल

मिडफिल्ड र फरवार्ड–सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, विमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल र अञ्जन विष्ट ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७