दिपक मनाङ्गेको ‘पोइ पर्‍यो काले’ को शुभ मुहुर्त


६ जेष्ठ २०७६, सोमबार
poi prayo kale movie

काठमाडौं, ६ जेठ । रेड बर्ड प्रोडक्सन प्रालिबाट बन्न लागेको चलचित्र पोइ पर्‍यो कालेको आज पत्रकार सम्मेलन गरी शुभ मुहुर्त गरिएको छ ।

अर्को हप्ताबाट छायाकंन शुरु हुने निर्माण टिमले जानकारी गराएको छ । चलचित्रको छायाकंन पोखरा र मुस्ताङका बिभिन्न ठाउँमा हुने निर्देशक शिशिर राणाले बताए । सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्रमा श्रृष्टी श्रेष्ठ, पूजा शर्मा, आकाश श्रेष्ठ, शोहित मानन्धर, बरिष्ठ हाँस्य कलाकार राजाराम पौडेललगायतका कलाकार रहेका छन् ।

शिशिर राणाको लेखन निर्देशनमा बन्न लागेको चलचित्रको निर्माता राजीव गुरुङ्ग (दिपक मनाङ्गे) हुन् । उक्त चलचित्र कार्तिक ८ गते लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७