प्रहरीका दुई ब्यूरोमा मुख्यसचिव र एसएसपीका आफन्तलाई लेखापालको जिम्मा


६ जेष्ठ २०७६, सोमबार
deepak thapa sarbendra khanal

काठमाडौं, ६ जेठ । नेपाल प्रहरीमा दुई नयाँ ब्यूरो स्थापना गरिएको छ । प्रहरीले प्रविधिको विकाससँगसँगै बढेको अपराध नियन्त्रणका लागि साइबर क्राइम ब्यूरो गठन गरेको छ । मानव बेचबिखन नियन्त्रणका लागि मानव बेचबिखन अनुसन्धान ब्यूरो गठन गरेको छ । दुवै ब्यूरोको काम सुरु भइसकेको छ ।

साइबर ब्यूरोको प्रमुखमा डीआइजी विकास श्रेष्ठ र मानव बेचबिखन अनुसन्धान ब्यूरोमा एसएसपी इश्वरबाबु कार्कीलाई इन्चार्जको जिम्मेवारी दिइएको छ । प्रहरीमा नयाँ दुई विभाग गठन भएपछि आवश्यक फर्निसिङदेखि कार्पेटिङसम्ममा करोडौं बढीको बजेट परिचालन हुने गर्दछ ।

rupak 3
रुपक थापा र रेशम रेग्मी

साइबर ब्यूरो प्रविधियुक्त हुनैपर्ने भएकाले बढी खरिद हुन्छ । जति बढी बजेट परिचालन भयो, उति कमिसनको खेल हुने भएकाले ती दुवै विभागमा सरुवा हुन प्रहरीका लेखापालहरुको दौडधुप चल्ने नै भयो । यसरी दौडधूपमा जसको पहुँच माथिसम्म छ, उसैले ती दुई विभागमा लेखापालमा मौका पाए । यसरी करोडौंको बजेट परिचालन गर्ने निकायको प्रमुखको जिम्मेवारी पाउने भाग्यमानी प्रहरी नायब निरीक्षक (सई) हुन्, रुपक थापा र रेशम रेग्मी ।

साइबर क्राइम ब्यूरोमा थापा र महिला बेचबिचखन अनुसन्धान ब्यूरोको लेखापालमा रेग्मीलाई सरुवा गरिएको छ । थापा आर्थिक प्रशासन महाशाखाका प्रमुख एसएसपी दीपक थापाका साख्खै भाइ हुन् । रेग्मी मुख्यसचिव लोकदर्शन रेग्मीका भतिजा हुन् । लेखापालहरुको हरेक सरुवामा थापा र रेग्मीले मालदार ठाउँमा सरुवा हुँदैआएका छन् । काका मुख्यसचिव भएकाले रेग्मी गतबर्ष ललितपुर प्रहरी परिसरको लेखापालमा सरुवा हुने दाउमा थिए । तर उनको त्यो चाहना पूरा भएको थिएन । तर ललितपुर भन्दा आकर्षक मानिने मानव बेचबिखन अनुसन्धान ब्यूरोमा सरुवा हुन पाएका छन् । मुख्यसचिव रेग्मीको दबाबमा उनी नयाँ कार्यालय स्थापना गर्दा करोडौंको बजेट परिचालन गर्ने र कुस्त कमिसन खाउने कार्यालयमा सरुवा भएका छन् ।

असई हुँदा प्रायः लेखापालमै बिताएका रुपक थापा अवसर पाउनेमा आफ्नो समूहलाई पछि पार्दैआएका छन् । यी दुई ब्यूरो नयाँ भएकाले कार्यालय संचालनका लागि ठूलै खरिद हुने गर्दछ । त्यसमाथि एसएसपी थापा आफैले बजेट पनि हेर्ने गर्दछन् । भाइ लेखापाल भएपछि उनले बजेट पनि यथेष्ट प्रबन्ध गरिदिएका छन् । एसएसपी इश्वरबाबु कार्की र दीपक थापाको सुसम्बन्ध र मुख्यसचिव रेग्मीका भतिजा सरुवा गरेकाले उनलाई खुसी पार्न मानव बेचबिखन अनुसन्धान ब्यूरोमा पनि बजेट मन खोलेरै हालिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७