एनआईसी एशिया बैंकका कार्डहोल्डरले एभरेष्ट अस्पतालमा छुट पाउने


६ जेष्ठ २०७६, सोमबार
1558354767Nic ebl

काठमाडौं, जेठ ६ । एनआईसी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्डहोल्डरले एभरेष्ट अस्पतालमा उपचार गराउँदा छुट पाउने भएका छन्। ति कार्डहोल्डरले उपचारको सेवाअनुसार ५ देखि १० प्रतिशतसम्म छुट पाउने भएका हुन्।

यस सम्वन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र अस्पतालको तर्फबाट प्रशासन प्रमुख दीपक चन्द्र बरालले हस्ताक्षर गरे।

बैंकका देशभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई संचालनमा छन्।

करिब १६ लाख ग्राहक रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरु उत्साहप्रद रहेका छन्। साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७