२०७६ जेठ ७ गते मंगलबारको तपाईको राशिफल


७ जेष्ठ २०७६, मंगलवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कला, साहित्य तथा संगीतमा रुची बढ्ने छ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
विशिष्ट व्यक्तिको सहयोग पाइने छ । शुभकार्यको चर्चा चल्ने छ । विद्या र बुद्धिको विकास हुनेछ । कार्य सम्पादनमा सहजता मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
घरायसी वातावरणमा केही असामान्यता देखिन सक्ने छ । सामान हराउने वा चोरी हुने भय छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरुको भर पर्दा धोका पाइने छ । नयाँ कार्यको योजना बन्ने छ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । पारिवारिक सद्भाव बढ्ने छ । आँटेकोे र ताकेको कार्य पूरा होला । शुभकार्यको चर्चा चल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
वाक्चतुर्याइले सङ्कल्प सिद्ध हुनेछ । वित्तीय संस्थाबाट सहयोग पाइने छ । प्रेम सम्बन्ध कसिलो होला । घर, जग्गाको कारोबारमा सफलता मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सौन्दर्यतामा धन खर्च हुनेछ । साना–तिना समस्यामा अल्झिनु पर्नेछ । परिवारीक समस्याले सताउने छ । अनावश्यक धन खर्च हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । प्रेमीको सहयोग मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । सरकारी निकाएबाट सहयोग मिल्ने छ । राजनैतिक कार्यमा बाधा आउने छ । कष्टकर यात्रा गर्नुपर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मानसिक चिन्ता बढे पनि श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउने छ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आर्थिक कारोवारमा मन्दी आउने छ । प्रेमी–प्रेमिकाका बीच खिन्नता बढ्ने छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । चिताएको कामले तीव्रता लिनेछ । कार्यमा सफलता पाइने छ । पुनर्मिलनको योग रहेको छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७