आजदेखि शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता


७ जेष्ठ २०७६, मंगलवार
football 3

काठमाडौं, ७ जेठ । शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि शुरू हुँदैछ ।

एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा हुने उदघाटन खेलमा दिउँसो १ बजे समूह ‘ए’ का सरस्वतीनगर स्पोर्टस क्लब र एफसीएस भिड्दै छन् ।

प्रतियोगितामा ३८ टिम सहभागी छन् । यी ३८ टिमलाई १२ समूहमा विभाजन गरी खेलाइँदैछ । एन्फाले पहिलो चरणमा जेठ २७ गतेसम्मको खेल तालिका सार्वजनिक गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७