‘रातो टीका निधारमा’ को घोषणामा यस कारण ढिलाई


७ जेष्ठ २०७६, मंगलवार
rato tika

काठमाडौं, ७ जेठ । दुई पटकसम्म कार्यक्रम आयोजना गर्ने घोषणा गरेर स्थगित गरेपछि निर्देशक तथा निर्माता अशोक शर्माले ‘रातो टीका निधारमा’ नबनाउने हुन् कि के हो भन्ने चर्चा चलचित्र बजारमा चल्यो । चलचित्र बजारमा चलेको यो हल्ला एक प्रकारले स्वभाविक पनि थियो । अशोक शर्माले बारम्बार चलचित्र घोषणा गर्छु भनेर पनि नसक्दा किन उनी पछि सरिरहेका छन् भन्ने चर्चा चलेको थियो ।

अशोकले चलचित्र निर्माणको घोषणा गर्दै यसको कारण पनि बताएका छन् । अशोकले भने–‘हामीले चलचित्रको कथा फाइनल गरिसकेपछि थाहा भयो कि, भद्रगोल टिमले बनाउन लागेको चलचित्रको कथा र हाम्रो चलचित्रको कथा एउटै भएछ । उहाँहरु र हामीले कथालाई आफ्नो शैलीमा ट्वीस्ट गर्ने निर्णय गर्यौ ।

अशोकको कथा र भद्रगोल टिमले बनाउन लागेको चलचित्रको कथा एउटै भएको जानकारी खगेन्द्र लामिछानेले दिएका थिए । खगेन्द्रले ‘रातो टीका निधारमा’ को स्क्रिप्ट लेखनमा अशोकलाई सहयोग गरेका छन् । ‘रातो टीका निधारमा’ जेठको १० गतेबाट छायांकनमा जाँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७