कमल थापा पराजित गर्दै एमालेका कृष्ण दाहाल विजयी


प्रकाशित मिति : December 10, 2017

काठमाडौं: मकवानपुर–१ मा राप्रपा अध्यक्ष एंव उपप्रधानमन्त्री कमल थापालाई हराउँदै एमालेका कृष्ण दाहाल विजयी भएका छन्।

अन्तिम मतपरिणाम अनुसार दाहालले ४० हजार ६ सय ३१ मत पाए भने थापाले ३४ हजार ६५८ मत ल्याए।

२०७० सालको संविधानसभामा समानुपातिक कोटाबाट सांसद बनेका थापा देउवा सरकारमा उपप्रधान तथा उर्जा मन्त्री छन्।

प्रतिक्रिया दिनुहोस्