ब्रेकअप पछि पनि नीता–आमेष एक–अर्काका लागि खास


७ जेष्ठ २०७६, मंगलवार
neta ames

काठमाडौं, ७ जेठ । नायिका नीता ढुंगाना र नायक आमेष भण्डारीको प्रेम केहि महिनाअघि टुट्योे । उनीहरु केही बर्ष अगाडि नै अलग हुने निर्णयमा पुगेका थिए । ‘फूलै फूलको मौसम तिमीलाई’ मा फक्रिएको प्रेम केहि समयपछि ओइलाउन पुग्यो ।

तर, अहिले पनि नीता र आमेष एक अर्काको मिल्ने साथी छन् । एक म्यूजिक भिडियोको प्रमोशनका लागि मिडियासँग कुरा गर्दै आमेषले भने–‘हामीले प्रेममा ग्याप लिएका थियौं । तर, त्यो ग्याप लामो भई दियो ।’ आमेषले भने, ‘ब्रेकअप भएको ७ महिनासम्म त म निकै नै पीडामा थिएँ । तर, पनि नीताका लागि मेरो मनमा अहिले पनि अथाहा प्रेम छ, जुन पहिले पनि थियो । अहिले परिस्थिति फरक भएको छ । हामी साथीको रुपमा मात्र छौ । अब, हामीवीच मित्रताको पर्खाल छ ।’

नायिका नीता ढुंगानाले भनिन् ‘कहिलेकाहीँ राम्रो मान्छेहरुको सम्बन्ध बन्दैन । हाम्रो पनि त्यस्तै भएको थियो । अब, हाम्रो प्याचअप होला कि के होला भन्दा पनि हामीले करिअरलाई अगाडि बढाउन आवश्यक छ ।’ नीता र आमेषको ब्रेकअप किन भयो त ? आमेष भन्छन्, ‘हामीले प्रेममा ग्याप लिएका थियौं । हाम्रो सम्बन्धले खासै काम गरिरहेको थिएन । एक अर्काको करिअरमा पनि ह्याम्पर भएको थियो ।’

ब्रेकअपपछि आमेषले आफ्नो जिन्दगीमा १–२ जना युवती आए पनि उनीहरुलाई नीतालाई दिएको जस्तै माया दिन नसकेको बताए । यता नायिका ढुंगानाले पनि आफ्नो जीवनमा अरु कोही आए पनि आमेष सधै नै आफ्नो लागि विशेष हुने सुनाइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७