ट्राफिक प्रहरी घुसमा मख्ख, त्रिशुली प्रदूषण गराउनेहरु ढुक्क


७ जेष्ठ २०७६, मंगलवार
hem raj ghimire

धादिङ, ७ जेठ । प्रहरीकै संरक्षणमा नदी दोहन हुने गरेको छ । नदी दोहन गर्ने र क्रसर उद्योग संचालन गर्ने, नदीमा बालुवा प्रशोधन केन्द्र संचालन गरी प्रदूषित गराउनेहरुलाई ट्राफिक प्रहरीकै संरक्षण छ । धादिङ र नुवाकोट जिल्ला हुँदै बग्ने त्रिशुली नदी किनारमा अव्यवस्थित ढंगबाट खोलिएका बालुवा प्रशोधन केन्द्र(फिरफिरे) पुनः संचालन हुन थालेका छन् । फिरफिरे तथा ढुंगा तथा बालुवा खानीका कारण त्रिशुली नदी प्रदुषित बन्ने क्रम बढ्दै गएको छ ।

त्रिशुली नदी प्रदूषित भएको गुनासोपछि गतबर्षदेखि त्यस्ता फिरफिरे संचालनमा कडाइ गरिएको थियो । तर प्रहरीको संरक्षणमा पुनः संचालन हुन थालेका छन् । ट्राफिक प्रहरी कार्यालय धादिङ गजुरीका इन्चार्ज इन्स्पेक्टर हेमराज घिमिरे आएपछि क्रसरवाला र फिरफिरे संचालकहरुसँग मासिक घुस लिंदै छुट दिएका छन् । गजुरी ट्राफिकका घिमिरेले धादिङ हुँदै बालुवा बोकेका ओभरलोड, पानी चुहाउने ट्रिपरहरु संचालन गर्न पनि छुट दिएका छन् । सडक बिगार्ने मुख्य कारक मानिएपछि ढाला नै हटाइएको थियो । तर घिमिरे आएपछि पानी चहुाउँदै ओभरलोड ट्रिपर संचालन हुन थालिसकेका छन् ।

nadi dohan
त्रिशुली दोहनको यो भयावह अवस्था ।

यसैगरी इन्स्पेक्टर घिमिरेले मातहतका ट्राफिक पोष्टहरुसँग मासिक रुपमा घुसको रेट तोकेको समाचार छ । ट्राफिक पोष्टहरु खत्रीपौवा, खानीखोला, महादेवबेसी, गल्छी र बेनीघाटमा उनले रेट तय गरी लिने गरेको आरोपछ । सबैभन्दा कम १५ हजारदेखि सबैभन्दा बढी ५० हजारसम्म उनले घुस तय गरेका छन् । सबैभन्दा बढी महादेवबसी र सबैभन्दा कम घुस बेनीघाट पोष्टका लागि तोकिदिएका छन् ।

यातायात कार्यालयको स्वीकृत भन्दा बढी सिट राखेका साना बस, माइक्रोबस, छतमा यात्रु राखेका लोकल बसहरुसँग पनि असुली बढेको छ । कागजात नबोकेका सवारीसँग पनि ट्राफिकको असुली हुने गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७