सीपीएलका लागि खेलाडी ड्राफ्ट आज, प्रारम्भिक सूचीमा सन्दीपसहित नेपालका चार खेलाडी


८ जेष्ठ २०७६, बुधबार
sandeep

काठमाडौं, ८ जेठ । वेष्ट इण्डिजको क्रिकेट लिग क्यारेबियन प्रिमियर लिग (सीपीएल) को खेलाडी ड्राफ्ट आज हुँदैछ ।

आगामी सिजनको सीपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेटका लागि आज साँझ नेपाली समय अनुसार पौने ८ बजे लण्डनमा खेलाडी ड्राफ्ट हुन लागेको हो । सीपीएलको ड्राफ्टमा यस पटक चार नेपाली खेलाडी सूचीमा छन् ।

यस पटकको ड्राफ्टमा कीर्तिमानी ५३६ विदेशी खेलाडीले स्थान बनाएका छन् । नेपालबाट लेग स्पिनर सन्दीप लामिछाने, तीब्र गतिका बलर सोमपाल कामी, अलराउण्डर दिपेन्द्र सिंह ऐरी र ब्याट्सम्यान रोहितकुमार पौडेल ड्राफ्टमा परेका छन् ।

सन्दीप दोस्रो पटक ड्राफ्टमा परेका हुन् । सन्दीपले गत सिजन ‘सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्स’ बाट सीपीएल खेलेका थिए ।

नेपालका अन्य ३ खेलाडी पहिलो पटक प्रारम्भिक सूचीमा परेका हुन् । आज साँझ हुने खेलाडी ड्राफ्टपछि यी चार खेलाडीहरु सीपीएलको कुनै टिममा पर्ने वा नपर्ने भन्ने भाग्य परीक्षा हुनेछ ।
आगामी जुलाई ११ देखि अगष्ट १६ सम्म हुने सीपीएल क्रिकेटको आगामी संस्करणमा ६ टोलीले प्रतिष्पर्धा गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७