होटलको कोठामा युवतीसँग कैदी, मदिरा पिउँदै सुरक्षाकर्मीले नै दिए ‘पहरा’


८ जेष्ठ २०७६, बुधबार
jel 1

धादिङ, ८ जेठ । जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका प्रेम तामाङ धादिङबेंसीस्थित एक होटलमा आपत्तिजनक अवस्थामा रहेको भिडियो बाहिरिएसँगै धादिङ कारागारको चरम बेथिति सार्वजनिक भएको छ ।

भिडियोमा रोचक त के छ भने कारागारबाट सँगै गएका सिभिल प्रहरी र सहनाइकेहरु कैदी तामाङलाई कोठाभित्र एक महिलासँग थुनिदिन्छन् र आफूहरु रक्सी खाँदै बाहिर पहरे दार भएर बस्छन् ।

उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका –४ सेर्तुङका तामाङ जिल्ला अदालत धादिङबाट कैद सजाय तोकिएका अभियुक्त हुन् । कानुनतः उनी जिल्ला कारागारभित्रै थुनिएको अवस्थामा हुनुपथ्र्र्यो ।

किनभने उनलाई जिल्ला अदालत धादिङले जबरजस्ती करणी मुद्दामा २०७० जेठ २३ गते ११ वर्षको जेल सजाय तोकेको छ । तर उनी सदरमुकाम धादिङबेशीको एक होटलको कोठा नं १०४ मा नियोजित रुपमा थुनिन्छन् । उनलाई अरु कसैले थुनेको नभई जिल्ला कारागार धादिङबाट उपचार गर्ने बाहानामा आफैँ बाहिर आएका हुन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७