बजेटअघि नै अधिकाशं सामानमा अत्यधिक मूल्यवृद्धि


८ जेष्ठ २०७६, बुधबार

काठमाडौं, ८ जेठ । बजेट आउन एक साता बाँकी रहँदा बजारमा अधिकांश सामानको मूल्य बढेको छ । खाद्यान्न, हरियो तरकारी, मदिराजन्य पदार्थलगायत अन्य सामानको मूल्य बढ्न थालेको हो ।

सामान्यतया बजेट भाषणपछि बजारमा महँगी बढ्ने भए पनि बजेटमा करका दर बढ्ने हुँदा व्यवसायीले अहिलेदेखि नै मूल्य बढाएका हुन् ।

बजारमा विशेषगरी हरियो तरकारी, खाद्यान्न, चुरोट, मदिरासँगै खसीको मासुको मूल्य बढेको छ । चुरोट प्रतिप्याकेट १० देखि १५ रुपैयाँ बढेको छ । उत्पादन कम भएको र भारतमा चुनावका कारणले आयात भन्दै बजारमा तरकारीको भाग धेरै बढेको छ । कारोबार दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७