भारतको अरुणाञ्चलमा आतंककारी हमला, सांसदसहित ११ जना मारिए


८ जेष्ठ २०७६, बुधबार
tirango

काठमाडौं, ८ जेठ । भारतको अरुणाञ्चल प्रदेशको तिराप जिल्लामा भएको आतंककारी हमलामा नेननल पिपुल्स पार्टीका सांसद तिरोंगो अबोसहित ११ जना मारिएका छन् ।

यो हमलामा ५६ वर्षीय सांसद अबोसहित उनका छोराको पनि ज्यान गएको छ । हमलामा २ जना गम्भीर घाइते भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

अरुणाञ्चल प्रहरीले यो घटनाको पुष्टि गरेको छ । प्रहरीले जारी गरेको विज्ञप्तिमा तिरोंगो अबो आफ्ना परिवारकासाथ असमबाट अरुणाञ्चल गइरहेको उल्लेख गरिएको छ ।

चार गाडीमा सुरक्षा व्यवस्थासहित सांसद अबो अरुणाञ्चल गइरहेका थिए । खोनसा–देओमाली सडक खण्डमा बन्दुकधारी आक्रमणकारीले उनीमाथि हमला गरेका थिए । हमलामा सुरक्षाबलका दुई जना सुरक्षाकर्मीको पनि ज्यान गएको छ । यो हमला कसले गरेको भन्नेबारेमा अहिलेसम्म प्रहरीले केही जानकारी दिएको छैन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७