‘टिकटक’ सेलिब्रिटी जिम ट्रेनरको गोली हानी हत्या, किन दागियो १३ गोली ?


८ जेष्ठ २०७६, बुधबार
mohit

काठमाडौं, ८ जेठ । मोबाइल भिडियो एप टिकटकमा सेलिब्रिटी बनिसकेका एक जिम ट्रेनरको भारतको दिल्ली नजफगढ इलाकामा गोली हानी हत्या गरिएको छ । घटना मंगलबार बिहान सवा पाँच बजेको हो ।

मृतकको नाम मोहित मोर बताइएको छ । घटनाका बेला उनी आफ्ना एक साथीलाई भेट्न एउटा पसलमा गएका थिए । एक पुलिस अधिकारीलाई उद्धृत गर्दै इण्डिया टुडेले भनेको छ, ‘मोहित जब आफ्ना साथीसँग कुरा गरिरहेका थिए तब तीन बन्दुकधारी पसलमा छिरेर १३ पटक गोली हाने ।

मोहित पसलकै एक सोफामा ढले । उनलाई नजिकैको अस्पताल पुर्‍याइयो जहाँ डाक्टरले उनलाई मृत घोषणा गरे । उनलाई सात वटा गोली लागेको थियो ।’

पुलिसका अनुसार घटनामा संलग्न तीन हमलाकर्ताले कालो रङको हेलमेल लगाएका थिए । उनीहरु एउटा स्कुटीमा आएका थिए । सिसिटिभी फुटेजमा उनीहरु एउटा गल्लीबाट भागेको देखिएका छन् ।

एक पुलिस अधिकारीले भने, ‘हामी आरोपीलाई पहिचान गर्ने कोशिस गरिरहेका छौं । शुरुवाती अनुसन्धानमा यो आपसी द्वेष र पैसाको विवादको मुद्दा देखिन्छ ।’

मोहितको टिकटक र इन्स्टाग्राम अकाउन्टका साथै उनको कल डिटेल्सको पनि अनुसन्धान भइरहेको पुलिसले जानकारी दिएको छ । यसमार्फत, सोसल मिडियामा उनको कसैसँग दुष्मनी त थिएन भनेर जान्ने कोशिस गरिंदैछ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७