चलचित्र ‘आप्पा’ को ‘आप्पा स्टोरी च्यालेञ्ज’


८ जेष्ठ २०७६, बुधबार
aappa

काठमाडौं, ८ जेठ । असारको १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘आप्पा’ को निर्माण पक्षले प्रचारका लागि नयाँ तरिका अपनाएको छ । चलचित्रको टिमले ‘आप्पा स्टोरी च्यालेञ्ज’ सार्वजनिक गरेको छ ।

चलचित्रमा बाबुको भूमिकामा देखिएका नायक दयाहाङ राईले च्यालेञ्जको बारेमा जानकारी दिएका छन् । फोटो स्टोरी च्यालेन्जमा भाग लिन चाहनेले आफ्नो बुबासँगको फोटो वा बुबाको मात्र फोटोमा क्याप्सन दिदै ‘आप्पा’ लाई भन्न मन लागेको कुरा लेख्नुपर्नेछ ।

उक्त पोष्टलाई ‘आप्पा नेपाली मुभी’ को अफिसियल फेसबुक र इन्स्टाग्रामको अफिसियल पेजमा ट्याग गर्नुपर्नेछ । आफ्ना अन्य ३ जना साथीलाई पनि ट्याग गरेर च्यालेञ्जका लागि आग्रह गर्नुपर्नेछ । भिडियो स्टोरीमा पनि दर्शकले माथि उल्लेखित शैलीमै सहभागिता जनाउन सक्नेछन् । सहभागीमध्ये एक जनाको फोटो स्टोरीलाई विजेता घोषित गरेर नगद २५ हजार र चलचित्रको प्रिमियरमा २ वटा टिकटको व्यवस्था गरिने निर्माण पक्षले जनाएको छ । भिडियोका विजेताले ५० हजार नगद प्रिमियरको २ वटा टिकट पाउने छन् ।

अनमोल गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रमा सिद्धार्थराज तामाङले दयाका छोराको भूमिका निर्वाह गरेका छन् । चलचित्रमा तुलसी घिमिरे, अरुणा कार्की, अल्लोना कबो लेप्चा, सम्राट विश्वास र रिंकीको अभिनय छ । रुदेन सदा लेप्चाले यो चलचित्रलाई निर्माण गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७