कट्रिनाका लागि किनेको अपार्टमेन्ट बिक्री


८ जेष्ठ २०७६, बुधबार
ranbir

काठमाडौं, ८ जेठ । केही समय अघिसम्म बलिउड नायक रणवीर कपुर र नायिका कट्रिना कैफ प्रेममा थिए । प्रेममा रहँदा उनीहरुले एउटा अपार्टमेन्ट किनेका थिए ।

उनीहरु सोही अपार्टमेन्टमा बस्दै आएका थिए । अब उनीहरुको प्रेम टुंगिएको छ । योसँगै अपार्टमेन्ट पनि उनीहरुका लागि धेरै भएको छ । भारतीय मिडियाकाअनुसार रणवीरले हालै उक्त अपार्टमेन्ट बेचेका छन् । नयाँ अपार्टमेन्ट किन्न लागेकाले उक्त अपार्टमेन्ट बेचेको रणवीरले बताएका छन् ।

अहिले रणवीर नायिका आलिया भट्टको प्रेममा रमाइरहेका छन् । उनीहरु एकसाथ बस्ने तयारीमा रहेको खबर समेत सार्वजनिक भइरहेको छ । उनीहरु नयाँ अपार्टमेन्ट किने तयारीमा रहेको खबर मिडियामा आइरहेको छ । रणवीरले कट्रिनाको सबै यादहरु भुल्ने कोशिस गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७