वीरगञ्जकाे बागडोर संघीय समाजवादीका सरावगीका हातमा


११ आश्विन २०७४, बुधबार
bijay Kumar sarawagi विजय कुमार सरावगी

वीरगञ्ज : प्रदेश २ को एकमात्र महानगरपालिका वीरगञ्जमा संघीय समाजवादी फोरम नेपालका विजय कुमार सरावगी मेयरमा विजयी भएका छन् । उपमेयरमा भने नेपाली कांग्रेसकी शान्ति कार्की विजयी भएकी छन् ।

नवनिर्वाचित मेयर सरावगी लायन्स क्लव, रेडक्रस वीरगन्ज, गायत्री परिवार, मारवाडी युवा मञ्चको संस्थापक अध्यक्षलगायत विभिन्न सामाजिक संघ–संस्थामा क्रियाशील छन् । उद्योग वाणिज्य संघ वीरगन्जको अध्यक्ष ९२०६२–६४०, उद्योग वाणिज्य संघ केन्द्रको वाणिज्य समितिको सभापतिसमेत भइसकेका व्यावसायिक पृष्ठभूमिका सरावगी यसअघि कुनै राजनीतिक पार्टीमा क्रियाशील नरहे पनि कांग्रेसका शुभेच्छुक थिए ।

bijay Kumar sarawagi विजय कुमार सरावगी

वीरगन्जलाई सबै किसिमको गन्तव्य बनाउने उनको घोषणा छ । उनले निर्वाचनको क्रममा भनेका थिए, ‘वीरगन्जलाई बस्नलायक सहर बनाउँछु । शिक्षा, स्वास्थ्य, व्यापार, औद्योगिक क्षेत्र, खेलकूद, मनोरञ्जन, संस्कृतिको हव बनाउन सकिन्छ । अहिले पनि नभएको होइन तर दश गुणा गराउन सकिन्छ । वीरगन्ज देशको मुटुसमेत भएकाले यसलाई छिट्टै सुमन्नत बनाउन सकिन्छ । वीरगन्जबाट हरेक ठाउँ नजिक छ । यसलाई ट्रान्जिटका रूपमा प्रभोग गर्न सकिन्छ ।’

कुन वडामा कसले जिते ?

कांग्रेस
वडा नं १: मनोजकुमार गुप्ता(९९३)
वडा नं ४:जगत प्रसाद साह कानु(६३४)
वडा नं ६ : ध्रुव प्रसाद नेपाल  (५१२)
वडा नं १०: राम नगिना प्रसाद कानु  (९३३९)
वडा नं १५: गजेन्द्र पटेल
वडा नं २१ : हबिब मिया नेतुवा (८४८)
वडा नं २४: दशरत राउत कुर्मी (६९२)
वडा नं २६: शम्बू मिश्रा (९१५)
वडा नं ३१: चुमान दास चौधरी(७६५)

संघीय समाजवादी फोरम
वडा नं २: शेख अब्बास (९४४)
वडा नं ७ : बसन्त कुमार अग्रवाल (३१८)
वडा नं ९:मनोज कलवार(५९१)
डा नं १२: दरस प्रसाद (७९८)
वडा नं १३ : तुफान फारुक अन्सारी (७२०)
वडा नं २२: ग्यासुदीन मियाँ (१०८७)
वडा नं २५: बिश्रराज राउत कुर्मी (६४३)
वडा नं २८: गृजा देवी (१३२८)
वडा नं २९ : धर्मेन्द्र प्रसाद महतो थारु  (९३२)

राष्ट्रिय जनता पार्टी (राजपा)
वडा नं ३ : बैजुलाल स्वर्णकार (८६४)
वडा नं ५: प्रदीप कुमार चौरसिया (३३७)
वडा नं ३२: रियाज अहमद मियाँ (८९०)

नेकपा एमाले
वडा नं ८: राज किशोर गुप्ता  (६७३)
वडा नं ११ :प्रधुमन सेढाई (८००)
वडा नं २३: अवधकिशोर प्रसाद कुसवाहा (५३०)
वडा नं २७: प्रदीप कुमार यादव (१०६५)                               
वडा नं ३०: अमानत मिया अन्सारी (४६६)

नेकपा माओवादी केन्द्र

वडा नं २०: पारस प्रसाद यादव (३९३)

लोकतान्त्रिक फोरम

वडा नं १९: सन्तोष तिवारी(७२०)

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७