क्यारेबियन प्रिमियर लिगको ‘ड्राफ्ट’ हुँदै, छानिएला चार नेपाली खेलाडी ?


८ जेष्ठ २०७६, बुधबार
sandeep sompal dipendra singh and rohit

काठमाडौं, ८ जेठ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) को ड्राफ्ट बुधबार (आज) लन्डनमा आयोजना हुँदैछ । ‘ड्राफ्ट’को सूचीमा सन्दीप लामिछानेसहित चार खेलाडी समावेश रहेका छन् । ड्राफ्ट नेपाली समयअनुसार बुधबार बेलुका ७ : ४५ बजे देखी सुरु हुनेछ ।

गतसाल लिगमा राम्रो प्रदर्शन गरेका आइपिएल तथा बिगबास लिगको समेत अनुभव संगालेका लामिछाने यसवर्ष पनि दोहोरिन सक्छन् । उनले अघिल्लो सिजन उत्कृष्ट प्रदर्शन गर्दै उदीयमान प्रतिभा समेत घोषित भएका थिए । गतवर्ष सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेल्दै ५ खेलमा ७ विकेट लिएका थिए । सन्दीपलाई गतवर्ष प्याट्रियट्सले ५ हजार अमेरिकी डलर अर्थात ५ लाख ४० हजार पारिश्रमीकमा टोलीमा अनुबन्ध गरेको थियो । यसपटक उनको पारिश्रमिकमा पनि वृद्धि हुने बलियो सम्भावना छ ।

सूचीमा रहेका रोहित पौडेल, सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीका लागि आजको ‘ड्राफ्ट’ महत्वपूर्ण छ । यदी उनीहरुलाई कुनै क्लबले समावेश गरेमा अन्तराष्ट्रिय फ्रेन्चाइज खेल्ने उनीहरुको पहिलो अवसर हुने छ । साथै, अनुभवि र विश्वचर्चित खेलाडीसँगको क्रिकेट अनुभव लिने अवसर पाउनेछन् । यो लिगमा छनोट भएर आफ्नो प्रतिभा देखाउन सके भने उनीहरुका लागि अन्य फेन्चाइज क्रिकेटको ढोकासमेत खुल्ने छ ।

गत साता सार्वजनिक भएको ड्राफ्ट सुचिमा चार नेपाली सहित कुल २० देश बाट ५ सय ३६ खेलाडी रहेका छन् ।

ड्राफ्टमा आन्द्रे रसेल, राशिद खान, जोफ्रा आर्चर, एलेक्स हेल्स, सकिव अल हसन, जेपी डुमिनि, सुनिल नारायण, साई होप, शिम्रन हिटमायर लगात थुप्रै स्टार खेलाडी रहेका छन् ।
वेष्ट इन्डिजमा हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहनेछ । यस संस्करणको सीपीएल आगमी जुलाई ११ देखी अगष्ट १६ सम्म वेस्टइन्डिजमा चल्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७