भुवन केसीको प्रश्न, ‘बक्स अफिसमा गफ मात्र किन ?’


८ जेष्ठ २०७६, बुधबार
bhuwan kc

काठमाडौं, ८ जेठ । चलचित्र पत्रकार संघको २० औं बार्षिकोत्सवमा नायक भुवन केसीले बक्स अफिसको बिषय उठाएका छन् । शुभकामना मन्तव्य दिने क्रममा भुवनले भने, ‘संचार मन्त्रालय र चलचित्र विकास बोर्डमा मन्त्री र अध्यक्ष धेरै फेरिनुभयो । बक्स अफिस लागू भएन । यसपटक भने संचारमन्त्री र बोर्ड अध्यक्षप्रति हामी बढी आशावादी छौ । तर, नाम मात्रको बक्स अफिस लागू नहोस् ।’

भुवनले बक्स अफिस लागू नहुँदा पनि निर्माताले घाटा ब्यहोर्नुपरेको बताउँदै आएका छन् । उनले, बक्स अफिस लागू भएको खण्डमा नेपाली चलचित्रको धेरै समस्या हल हुने बताएका छन् । भुवनको प्रश्न सुनेपछि कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित भएका सूचना, संचार तथा प्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बक्स अफिस लागू गराएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यो बर्षभित्र उपत्यका बाहिर बक्स अफिस लागू हुन्छ । बक्स अफिस लागू गर्छु भन्दा म हल संचालकहरुको नजरमा छुच्चो भएको छु । तर, चलचित्र क्षेत्रको हित हुने काममा छुच्चो हुन पनि म तयार छु ।’

संचारमन्त्रीले चलचित्र विकास बोर्डको नाममा रहेको बालाजुको जग्गा खोज्न पनि बोर्ड अध्यक्षलाई निर्देशन दिए । ‘बोर्डको नामको त्यो जग्गा बोर्डकै छ या अरु कसैको नाममा छ, त्यो खोज्नुहोला । त्यहाँ भव्य इन्डोर स्टुडियो निर्माण गर्न आवश्यक छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७