आमा लागूऔषध कारोबारी, दुई सन्तान दुर्व्यसनी


८ जेष्ठ २०७६, बुधबार
pakrau 5

काठमाडौं, ८ जेठ । हरेक आमा बाबु चाहन्छन् कि आफूले जस्तो दुःख छोराछोरीले नपाउन् । त्यसकै लागि दिन रात हाड घोट्न तयार हुन्छन् । तर, लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरी टोली त्यसबेला आश्चर्यमा पर्‍यो, एक महिलाले आफ्नै दुई सन्तानलाई समेत लागू औषध
दुर्व्यसनी बनाएको थाहा पायो ।

लागूऔषध नियन्त्रण ब्यूरोले काठमाडौं –१६ कोटेश्वरकी ५० वर्षीया सावित्री श्रेष्ठलाई पक्राउ गरेको छ । लागूऔषध कारोबारी भएको आरोपमा पक्राउ गरेकी उनको साथबाट १ हजार १९१ एम्पुल लागू औषध समेत बरामद भएको छ ।

प्रहरीका अनुसार उनले कोटेश्वरस्थित घरबाटै लागूऔषध कारोबार गर्थिन् । उनले आफ्ना दुई छोरालाई समेत दुर्व्यसनी बनाएको पाइएको एसएसपी बसन्त लामाले जानकारी दिए । उनको साथबाट एक लाख ४१ हजार समेत बरामद भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७