भिडियो संवाद कार्यक्रमले अमेरिकी राजदूत बेरी विवादमा, कुटनीतिक मर्यादामा बस्न आग्रह


८ जेष्ठ २०७६, बुधबार
US Embassy1

काठमाडौं, ८ जेठ । अमेरिकी राजदूत र्‍याण्डी बेरी ‘जनतासँग गफगाफ’ संवाद कार्यक्रमका कारण विवादमा परेका छन् ।

नेपाली नागरिकसँग भिडियो संवाद गरिने भनिएको उक्त कार्यक्रमकै कारण उनी विवादमा तानिएका हुन् । राजदूत बेरीले जनतासँग संवाद कार्यक्रम गर्ने तयारी थालेसँग उनको उक्त कार्यक्रमप्रति विभिन्न क्षेत्रबाट टीकाटिप्पणी हुन थालेको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी राजदूत र्‍याण्डी बेरीले ‘जनतासँग गफगाफ’ संवाद कार्यक्रम सञ्चालन गर्नु मर्यादा विपरीत हुने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

नेता नेपालले अन्तर्राष्ट्रिय अभ्यासमै नभएको त्यस्ता संवाद कार्यक्रम कूटनीतिक मर्यादा विपरीत हुने भएकाले सञ्चालन नगर्न पनि राजदूत बेरीको ध्यानाकर्षण गराएका छन् । बुधबार संघीय संसद परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिंदै उनले कूटनीतिक मर्यादाको पालना ठूला देशले गर्नुपर्ने पनि स्पष्ट पारे । वरिष्ठ नेता नेपालले अमेरिकाप्रति संकेट गर्दै कूटनीतिक मर्यादाको पाठ सिकाउने देशहरुले त झन त्यसको पालना गर्नेपर्ने पनि उल्लेख गरे ।

सत्तारुढ नेकपाकै अर्का नेता भीम रावलले कूटनीतिक मर्यादा विपरीत गएर अमेरिकी राजदूत बेरीले नेपाली जनतासँग प्रत्यक्ष रुपमा संवाद गर्ने खालका कुनै पनि गतिविधि गर्न नमिल्ने बताएका छन् । उनले कूटनीतिक क्षेत्रको कानुन, मर्यादा कुनै पनि दृष्टिले राजदूत बेरीलाई सो संवाद कार्यक्रम सञ्चालन गर्ने अनुमति नरहेको दाबी गरेका छन् ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले पनि सरकारको अनुमति बिना अमेरिकी राजदूत बेरीले जनतासँग प्रत्यक्ष रुपमा गएर कुनै पनि कार्यक्रम गर्न नमिल्ने स्पष्ट पारेका छन् । उनले कूटनीतिक मर्यादा प्रतिकूल हुने खालका त्यस्ता गतिविधिमा संलग्न नहुन पनि नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई सचेत गराएका छन् ।

त्यस्तै, राष्ट्रिय जनता पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले सरकारसँग अनुमति नलिई राजदूत बेरीलाई सो संवाद कार्यक्रम सञ्चालन गर्ने अधिकार नभएको बताएका छन् । उनले एक भिडियो सन्देशसहित नेपाली नागरिक र समाजसँग प्रत्यक्ष संवाद गर्न लागेको भन्दै योजना सार्वजनिक गरे थिए ।

बेरीले सोमबार मात्र फेसवुक र ट्वीटरमा ‘राजदूतसँग गफगाफ’ गर्न लागेको भन्दै भिडियो पोष्ट गरेका थिए । नेपालस्थित अमेरिकी दूतावासको सामाजिक सञ्जालका ४० लाख फलोवर्ससँग साप्ताहिक रुपमा गरिने ‘गफगाफ’ भएको दूतावासले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७