रातो गाउनमा ‘कान्स’ को रेड कार्पेटमा प्रियंका


८ जेष्ठ २०७६, बुधबार
priyanka cannes 2nd day

काठमाडौं, ८ जेठ । ७२ औँ कान्स फिल्म फेस्टिभलामा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै नायिका प्रियंका कार्की कान्सको रेड कार्पेटमा प्रस्तुत भएकी छिन् ।

संसारभरीका उत्कृष्ट कलाकारको सम्मानजनक उपस्थिति हुने गरेको कान्समा नेपालले आफ्नो प्रतिनिधि पठाउन पाउनु ठूलो अवसर मानिएको छ । नेपालको पहिलो एम्बेसडर चुनिएकी प्रियंकाले आफ्नो दोश्रो दिनको अवतार इन्स्टाग्राममा राखेकी थिइन् ।

रातो गाउनमा सजिएकी उनको पहिरन र मेकअपले निकै खुलाएको थियो । प्रियंकाले पहिलो दिनमा लगाएको ड्रेस र उनले रोजेको डिजाइनरबारे यत्रतत्र आलोचना भइरहेको छ । कान्स जस्तो ठूलो प्ल्याटफर्ममा पुग्दा पनि प्रियंकाले आफ्नो स्ट्याण्डर्ड कायम गर्न नसकेको गुनासो उनका प्रशंसकले गरेका छन् । दोस्रो दिनको अटायारमा खुलेकी प्रियंकाले सादा मेकअप चुनेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७