एनआईसी एशिया बैंकका ग्राहकले नोबेल हस्पिटलमा उपचार गराउँदा २५% सम्मको छुट पाउने


८ जेष्ठ २०७६, बुधबार
Nobel hospital agreement XPSiYaJfcR

काठमाडौं,जेठ ८ । एनआईसी एशिया बैंकका ग्राहक तथा कर्मचारीले नोबेल हस्पिटलमा उपचार गराउँदा २५५ सम्मको छुट पाउने भएका छन् ।

एन आई सी एशिया बैंक र नोबेल हस्पिटल काठमाडौंबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा उनका परिवार र आफन्तलाई नोबेल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २५%सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र नोबेल अस्पतालको तर्फबाट अस्पतालका निर्देशक सन्तोषमणि न्यौपानेले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७