पुराना दुई पाङ्ग्रे सवारी टिभीएसको नयाँसँग साट्न पाइने


८ जेष्ठ २०७६, बुधबार


काठमाडौं, ८ जेठ । नेपालका लागि टिभीएस टू ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले एक्स्चेञ्ज योजना ल्याएको छ। यस योजनामा ग्राहकले पुरानो मोटरसाईकल तथा स्कूटर छाडेर नयाँ हाँक्न पाउने कम्पनीले जानकारी दिएको छ।

कम्पनीका अनुसार सिमीत अवधिका लागि यही जेठ ७ देखि ११ गतेसम्म जावलाखेल चोकमा संचालन भैरहेको यस योजनामा ग्राहकहरुले आफूसँग कुनै पनि अवस्थामा भएको कुनै पनि ब्राण्डको मोटरसाईकल तथा स्कूटरको सट्टामा नयाँ टिभीएस मोटरसाईकल तथा स्कूटर एक्सचेन्ज गर्न सक्नेछन्।
यो योजनामा ग्राहकले ३ तरिकाबाट नयाँ टिभीएस मोटरसाईकल रोज्ने विकल्प प्राप्त गर्नेछन्।

जस अनुसार पहिलो ग्राहकले आफूसँग भएको जुनै अवस्थाको मोटरसाईकलको न्यूनतम ग्यारेन्टी मूल्य २५ हजार प्राप्त गर्ने छन्। त्यस्तै दोस्रो एक स्या्र सट् स्क्य्राच कुपनबाट कम्तीमा ।१० अजार देखि बढीमा १ लाख रुपैयाँ सम्मको पक्का नगद छुट प््राप्त गर्ने र तेस्रा ेशून्य प्रतिशत फाइनान्स सुविधा प्राप्त गर्ने रहेको छ।

यसका अतिरिक्त टिभीएस टु ह्वीलर साट्दा हेलमेट, रेनकोट, मोटरसाईकल कभर र ब्याग उपहारहपनि प्राप्त गर्नसकिने कम्पनीको भनाइ छ।

योजनाको मुख्य उद्देश्य ग्राहकलाई पुरानो मोटरसाईकल तथा स्कूटरबाट छुट्कारा दिलाई टिभीएसका नयाँ डिजाइन र प्रविधिका मोटरसाईकल तथा स्कूटर दिनु रहेको जगदम्बा मोटर्सका भाईस प्रेसिडेन्ट दिपक अग्रवालले बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७