गृहकार्यमै नेकपाका शीर्ष नेता


९ जेष्ठ २०७६, बिहीबार
Kp Oli pm of nepal Puspa kamal dahal prachand nad madhav kumar nepal

काठमाडौं, ९ जेठ । पोलिटब्युरो गठन र केन्द्रीय नेताको कार्य विभाजनको गृहकार्यमा जुटेका नेताले अझै तयारी सकेका छैनन् । आन्तरिक तयारी पूरा गरेपछि सचिवालय बैठक बोलाउने र प्रस्ताव अनुमोदन गराउने तयारीमा अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल लागेका छन् ।

आन्तरिक तयारीका लागि अध्यक्षहरूले दैनिक छलफल गरिरहेका छन् । पोलिटब्युरो र नेताको कार्य विभाजनमा गृहकार्य नसकिएको महासचिव विष्णु पौडेलले बताए । गृहकार्य सकिने बित्तिकै सचिवालय बैठक बोलाउने पनि उनले जानकारी दिए । ‘सचिवालय बैठकको मिति तोकिएको छैन, अझै आन्तरिक गृहकार्यको काम भइरहेको छ । त्यो सकिनेबित्तिकै सचिवालयको बैठक बस्छ’, महासचिव पौडेलले भने ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुई अध्यक्षबीच ‘वान टू वान’ छलफलसमेत भएको थियो। सरकारले ल्याउन लागेको बजेट, राष्ट्रिय राजनीतिलगायत विषयमा केन्द्रित रहेर छलफल भएको महासचिव पौडेलले जानकारी दिए ।

सरकारले जेठ १५ मा बजेट ल्याउँदै छ । ‘सरकार बजेट निर्माणमा छ । त्यसको अन्तिम तयारी भइरहेको छ । यसमा अध्यक्षहरूले छलफल गर्नुभएको हो,’ महासचिव पौडेलले भने, ‘बजेटका अतिरिक्त राष्ट्रिय राजनीति, संगठनात्मक कार्य विभाजनलगायत विषयमा पनि छलफल भएको छ ।’

पोलिटब्युरो गठनमै नेताले समझदारी जुटाउन सकेका छैनन्। नेताहरूले पोलिटब्युरो गठन भएपछि देखिन सक्ने असन्तुष्टिलाई दृष्टिगत गरी प्रक्रियामा ढिलाइ गरिरहेका छन् । ‘कार्य विभाजन पहिले गरेर पछि पोलिटब्युरो गठन गर्ने कि पोलिटब्युरोपछि कार्य विभाजन भन्नेमा अझै नेतामा छलफल चलिरहेको छ,’ सचिवालयका अर्का एक नेताले भने, ‘पहिले अध्यक्षले गृहकार्य सकेपछि मात्र बैठकको टुंगो लाग्छ ।’ अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७