यार्सा टिप्न नपाएपछि नाकाबन्दी


९ जेष्ठ २०७६, बिहीबार
yarsa 1

बझाङ, ९ जेठ । साइपाल गाउँपालिकाको फराली खेतमा यार्सागुम्बा टिप्न पाउनुपर्ने माग राख्दै तलकोट गाउँपालिकाका बासिन्दाले बुधबार त्यहाँसम्म पुग्ने बाटो बन्द गरिदिएका छन् ।

साइपाल–३ का बासिन्दाले सामुदायिक वनका नाममा सो ठाउँमा यार्सागुम्बा टिप्न नदिने भनेपछि तलकोट–४का बासिन्दाले नाकाबन्दी गरिदिएका हुन् । वडा ४ का पनालत, स्याहा, कुवा, लोकन्ड र जाडले गाउँ भएर मात्र साइपाल पुग्न सकिन्छ ।

१० वर्षदेखि यार्सागुम्बा टिपिँदै आएको फराली खेतमा त्यसरी रोक लगाएपछि ठूलो अन्याय भएको संघर्ष समितिका संयोजक एवं साविक मेलाबिसौना गाविसका पूर्वउपाध्यक्ष डबल जेठाराले बताए ।नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७