ललितानिवास जग्गा प्रकरण : ‘४७ वर्षअघि मुआब्जा दिइएको हो’


९ जेष्ठ २०७६, बिहीबार
lalita niwas camp area WRt7CGDkEN

काठमाडौं, ९ जेठ । पञ्चायत पालाका एक मन्त्रीले बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको जग्गाको भोगधिकारीलाई ४७ वर्षअघि नै मुआब्जा दिएको खुलासा गरेका छन् ।

२०२६ चैत ३१ गते देखि २०२८ वैशाख १ बीचको अवधिमा ‘एक्टिङ प्राइम मिनिस्टर’ (फस्ट मिनिस्टर) रहेका गेहेन्द्रबहादुर राजभण्डारी नेतृत्वको सरकारका मन्त्री नवराज सुवेदीले ललितानिवास र त्यसले चर्चेको जग्गा अधिग्रहण गर्दा भोगाधिकारीलाई चलनचल्तीभन्दा बढी नै मुआब्जा दिएको खुलासा गरेका हुन् ।

त्यति बेला सार्वजनिक संरचन बनाउनकै लागि सरकारले विभिन्न व्यक्तिका नाममा भएका जग्गा जमिन अधिग्रहण गरेको उनले बताए ।

त्यही क्रममा लक्ष्मीनिवास (भैरवनाथ गण, महाराजगञ्ज), ललितानिवास (बालुवाटार), सीता भवन (बालमन्दिर), महावीर भवन (प्रहरी हेड क्वार्टर), बमर महल र हरिहर भवन( पुल्चोक) गरी ६ वटा राणाकालीन दरबार मुआब्जा तिरेर सरकारका नाममा ल्याइएको उनले जानकारी दिए । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७