सन्दिप छामिछानेले बार्बाडोसबाट सिपिएल खेल्ने, ७० हजार डलरमा अनुबन्ध


९ जेष्ठ २०७६, बिहीबार
sandeep 1

काठमाडौं, ९ जेठ । नेपालका बलर सन्दिप लामिछानेले लगातार दोस्रो वर्ष क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेट खेल्ने भएका छन् ।

लेग स्पिनर सन्दिपलाई यसपटक बार्बाडोस ट्राइडेन्टले आफ्नो टोलीमा आबद्ध गरेको हो । अघिल्लो सिजन उनले सेन्ट किट्स एन्ड नेभिल प्याट्रिएट्सबाट सिपिएल क्रिकेट खेलेका थिए ।
यसपटक सन्दिप महंगो मूल्यमा आबद्ध भएका छन् ।

उनले ७० हजार डलर पारिश्रमिक पाउने छन् । सन्दिपसँगै ड्राफ्टमा परेका अन्य तीन नेपाली खेलाडीहरु दिपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल र सोमपाल कामीमा भने कुनै पनि टोलीले चासो देखाएनन् । आगामी जुलाइ ११ देखि अगस्ट १६ सम्म हुने सीपीएल क्रिकेटमा ६ टोलीले प्रतिष्पर्धा गर्नेछन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७