भारतीय लोकसभा चुनाव : अहिलेसम्म कुन प्रदेशमा को अगाडि ?


९ जेष्ठ २०७६, बिहीबार
loksava

काठमाडौं, ९ जेठ । भारतीय लोकसभा अन्तर्गतको विभिन्न पदेशको प्रारम्भिक मत परिणाम आउन थालेको छ । भारतीय सञ्चारमाध्यामहरूले अपडेट गरेको मतपरिणाम अनुसार पहिलो चरणमा भारतीय जनता पार्टी (भाजपा) को गठबन्धनले अग्रता अगाडि देखिएको छ ।

टाइम्सअफ इण्डियाका अनुसार अहिलेसम्म मत गणना भएका ५१६ सिटमध्ये ३०६ मा भाजपाको गठबन्धन अघि छ । कांग्रेसको गठबन्धनले भने ९१ सिटमा अग्रता लिइरहेको छ । महागठबन्धनले २८ र अन्य पार्टीले ९१ सिटमा अग्रता लिएको छ ।

कुन प्रदेशमा को अगाडि ?
उत्तर प्रदेशका ८० सिटमा ७१ सिटको गणना चलिरहेको छ । ४२ सिटमा भाजपाको गठबन्धन, महागठबन्धनमा २७, कांग्रेस गठबन्धनले २ सिटमा अग्रता लिएका छन् । महाराष्ट्रका ४८ सिटमा ४७ वटाको गणना चलिरहेको छ। भाजपा ३५, कांग्रेस १२ मा अग्रता लिएका छन् । दिल्लीको ७ सिटमध्ये सात वटैमा भाजपा गठबन्धन अगाडि देखिएको छ ।

पश्चिम बंगालका ४२ सिटमध्ये मुख्यमन्त्री ममता बेनर्जीको पार्टी तृणमूल कंग्रेस २०, भाजपा गठबन्धन १९ र कांग्रेस २ सिटमा अग्रता लिएका छन् । बिहारका ४० सिटमध्ये ३५ मा भाजपा र ५ वटामा कंग्रेस गठबन्धनको अग्रता देखिएको छ ।

गुजरातका २६ सिटमध्ये २५को मतगणना चलेको छ । २१ मा भाजपा र ४ सिटमा कंग्रेसको अग्रता छ । हरियाणाका १० सिटमा १० वटैमा भारतीय जनता पार्टीको अग्रता रहेको छ । झारखण्डका १४ मध्ये भाजपा १०, कंग्रेस २ र अन्यको २ सिटमा अग्रता देखिएको छ ।

यस्तै मध्यप्रदेशका २९ सिटमा २६ वटाको मतगणना चलिरहेको छ। २२ मा भाजपा र ४ सिटमा कंग्रेसको अग्रता छ । राजस्थानका २५ मध्ये भाजपा २२ र कंग्रेस ३ सिटमा अग्रता लिइरहेको छ ।
कर्नाटकका २८ सिटमध्ये भाजपा १४ र कंग्रेस गठबन्धन ९ र अन्य ५ मा अग्रस्थानमा छन् । केरलाका २० मध्ये १६ सिटको मतगणना चलिरहेको छ ती १६ वटैमा कंग्रेस गठबन्धनले अग्रता लिएको छ ।

तमिलनाडुका ३९ सिट मध्ये १६ सिटको मतगणनमा चलिरहेको छ । १५ मा कंग्रेको अग्रता छ भने एउटामा भाजपा गठबन्धन अघि छ । महाराष्ट्रका ४८ सिटमा ३६मा भाजपा गठबन्धन अघि र १२ सिटमा कंग्रेस गठबन्धन अघि छन् । असामका १४ मध्ये ११ मा भाजपा, २ मा कंग्रेस र १ वटा सिटमा अन्य दलको अग्रता छ । छत्तिसगढका ११ सिटमा ८ वटामा भाजपा र ३ कंग्रेस अघि रहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७