राजनीतिमा पनि सफल बन्दै शनि देवल, लोकसभा चुनावमा ५० हजारको अग्रता


९ जेष्ठ २०७६, बिहीबार
sunny

काठमाडौं, ९ जेठ । बलिउड चलचित्र क्षेत्रमा आफ्नो छुट्टै ‘ब्राण्ड’ बनाएका अभिनेता शनि देवल राजनीति क्षेत्रमा पनि सफल बन्दै गएका छन् ।

सात चरणमा सम्पन्न भारतीय लोकसभा चुनावको मत गणना जारी छ । भारतीय निर्वाचन आयोगका अनुसार भारतीय जनता पार्टी सबैभन्दा अघि छ । बलिउड अभिनेता तथा भारतीय जनता पार्टीका उम्मेद्वार शनि देवल पनि मतगणना चलिरहँदा निकै अगाडि देखिएका छन् ।

पञ्जाबको गुरुदासपुरबाट चुनावी मैदानमा उत्रिएका शनि देवल निकटमत प्रतिद्वन्द्वी भारतीय कांग्रेसका सुनिल जखारभन्दा झण्डै ५० हजार बढी मतले अगाडि छन् ।

ताजा मतगणना अनुसार, शनिले दुई लाख ५६ हजार आठ सय ७१ मत प्राप्त गर्दा सुनिलले दुई लाख ७ हजार छ सय आठ मत प्राप्त गरेका छन् । गुरुदासपुरबाट चुनावी मैदानमा उत्रिएका अन्य पार्टीका उम्मेद्वार भने निकै कमजोर देखिएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७