भारतीय चर्चित कमेडियन कपिल पिता बन्दै


९ जेष्ठ २०७६, बिहीबार
kapil 1544662084

काठमाडौं, ९ जेठ । भारतका चर्चित कमेडियन कपिल शर्माले ६ महिना अगाडि प्रेम बिबाह गरेका थिए । उनले गिन्नी चतरथसँग बिबाह गरेका हुन् । कपिलको बिबाहमा बलिउडका निकै चर्चित सेलिब्रेटीहरु शुभकामना दिन बिबाह भोजसम्म पुगेका थिए ।

अहिले कपिल पिता बन्न लागेको समाचारहरु भारतीय मिडियाहरुमा निकै आइरहेको छ । भारतीय मिडियालाई आधार मान्ने हो भने कपिलको श्रीमती गिन्नी गर्भवती छिन् । कपिलको परिवार पनि घरुमा नयाँ सदस्यलाई स्वागत गर्न तयार छन् । तर, आफू पिता बन्न लागेको विषयमा कपिलले केही बोलेका छैनन् ।

कपिल अहिले ‘द कपिल शर्मा शो’ मा व्यस्त छन् । उनको यस शो टिआरपीमा शीर्ष स्थानमा नै छ । कपिलले हालै वल्र्ड बुक अफ रेकर्डमा सबै भन्दा बढि हेरिने स्ट्यान्ड अप कमेडियनको कीर्तिमान राखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७