भारतमा बहुमततर्फ मोदी, भाजपा एक्लै बहुमत भन्दा बढी सिटको अग्रतामा


९ जेष्ठ २०७६, बिहीबार
modi

काठमाडौं, ९ जेठ । छिमेकी मुलुक भारतमा आज लोकसभा चुनावको मत गणना भइरहेको छ । लोकसभा चुनावको मतपरिणाम आइरहँदा नेपालीको राजनीतिमा समेत यसप्रति चासो बढिरहेको छ ।

५४२ सिटका लागि सात चरणमा भएको मतदानको बिहीबार बिहानदेखि विद्युतीय मतगणना थालिएको हो । अहिलेसम्मको मतगणनामा भारतीय जनता पार्टी एक्लैले बहुमतभन्दा बढी सिटमा अग्रता लिएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार भाजपा एक्लैले २९२ सिटमा अग्रता लिएको छ । यसको अर्थ चार वर्षअघि विकासको नारा दिएर प्रधानमन्त्री बनेका नरेन्द्र मोदी फेरि पनि प्रधानमन्त्री बन्ने भएका छन् ।

भारतमा सरकार बनाउन २७२ सिट चाहिन्छ । चार वर्षअघि भाजपाले २८२ सिट पाएको थियो । यसपालि झण्डै १० बढी सिटमा अग्रता लिएको छ । उसको एनडिए गठबन्धनले ३४४ सिटमा अग्रता लिएको छ । प्रमुख प्रतिपक्षी भारतीय कंग्रेस पनि चार वर्षअघिभन्दा केही सुधार त गरेको छ तर पनि उसको गठबन्धन अझै धेरै पछि छ ।

कंग्रेस एक्लैले ५२ सिटमा अग्रता लिएको छ भने युपिए गठबन्धनको ७९ सिटमा अग्रता छ । सन् २०१४ मा कंग्रेसले ४४ र उसको गठबन्धनले ६० सिट जितेको थियो । मतगणना जारी छ । अन्तिम परिणाम आजै साँझसम्म आउने बताइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७