रणवीरले नयाँ अपार्टमेन्ट लिन आमासँग अनुमति लिनु पर्ने


९ जेष्ठ २०७६, बिहीबार
ranbeere an alia

काठमाडौं, ९ जेठ । रणवीर कपूर सिंगल बस्दैनन्, उनी कसै न कसैसँग अफेयरमा हुन्छन् । लभ रोमान्स र डेटिङ उनको जीवनको अभिन्न पाटो नै हो । सबैलाई थाहै छ, अहिले पनि उनी खाली हात छैनन् । आलिया भट्टको प्रेममा रमाई रहेका छन् ।

उनको प्रेम प्रसंग चाहि दीपिका पादुकोणसँग छँदा उत्कर्षमा पुगेको हो । दीपिकाले उनलाई कतिसम्म रुचाउँथिन् भने आफ्नो पाखुरामा रणवीरको नामको ट्याटु नै खोपाएकी थिइन् । त्यहि बेलाको त्यो ट्याटु खेर गएन अहिले दीपिका अर्का रणवीर सिंहसँग दाम्पत्य जीवनमा रमाइरहेकी छिन् ।

नयाँ प्रसंग जोड्न पनि पुरानो लभस्टोरीमा चाहि फर्कनुपर्ने हुन्छ । यसअघि रणवीरसँग क्याटरिना कैफको प्रेम बसेको थियो । सलमान खानसँग अलग भएपछि क्याटरिनाले रणवीरलाई अंगालो हालेकी थिइन् । उनीहरुको प्रेम रोमान्सले बलिउडमा हंगामा मच्याइरह्यो । एकपटक दुवैलाई समुन्द्री किनारमा एक साथ भेटिएको खबरले पनि बलिउड तताएको थियो ।

रणवीर र क्याटरिनाको प्रेमकथा विवाहमा रुपान्तरण हुन्छ भन्ने धेरैले अनुमान पनि गरेका थिए । नगरुन पनि किन, क्याटरिनाकै लागि रणवीरले आफ्नो घर छाडेका थिए । एउटा अपार्टमेन्ट किनेर दुबै त्यहाँ बस्न थालेका थिए । क्याटरिना र रणवीरले सोही अपार्टमेन्टमा घरजम गर्नेछन् भन्ने चर्चा व्यापक हुँदाहुँदै उनीहरुको सम्बन्धमा खटपट भएको थियो ।

पछिल्लो खबर के छ भने रणवीरले उक्त अपार्टमेन्ट बिक्री गरेका छन् । अर्थात आफ्नो पूर्व प्रेमिकासँगको अन्तिम निसानी मेटिदिएका छन् । रणवीरकी आमा नीतू कपूरले अहिले रणवीरलाई अल्टिमेटम पनि दिएकी छिन् कि यदि उनले नयाँ अपार्टमेन्ट लिनेछन् भने आमाको अनुमति लिनुपर्नेछ । यतिबेला रणवीर आयन मुखर्जीको फिल्म ‘ब्रम्हास्त्र’ मा व्यस्त छन् । उक्त फिल्ममा रणवीरले आलियासँग स्क्रिन शेयर गर्दैछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७