पूर्ण मत परिणाम नआउँदै मोदीलाई ओलीको शुभकामना


९ जेष्ठ २०७६, बिहीबार
oli modi

काठमाडौं, ९ जेठ । भारतमा लोकसभा चुनावको मत गणना जारी छ । अहिलेसम्मको परिणाममा भाजपा अगाडि रहेको छ । मत परिणामको हालसम्मको नतिजा अनुसार प्रधानमन्त्री नरेन्द्र मोदी नै फेरि प्रधानमन्त्रीमा दोहोरिने सम्भावना बढी देखिएको छ ।

लोकसभा चुनावको मत परिणाम आउँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन् । विधानसभा निर्वाचनको प्रारम्भिक मतगणनामा भारतीय जनता पार्टी (भाजपा) ले उत्साहजनक मतपरिणाम ल्याएपछि ओलीले मोदीलाई ट्वीटरमार्फत बधाई दिएका हुन् ।

oli 1

‘लोकसभा निर्वाचनमा उत्साहजनक नतिजा हासिल भएकोमा म प्रधानमन्त्री नरेन्द्र मोदीलाई हार्दिक बधाई दिन चाहन्छु’, ओलीले ट्वीटमा भनेका छन्, ‘पूर्ण सफलताका साथै आगामी दिनमा तपाईसँग मिलेर काम गर्न तत्पर छु ।’ ताजा अवस्थामा भारतपाले ३४२ सिटमा अग्रता बनाएको छ भने कंग्रेस ८६ सिटमा अग्रता बनाउँदै निकै पछाडि छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७