टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु


९ जेष्ठ २०७६, बिहीबार
tipper thakkar

बेलबारी, ९ जेठ । टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार केराबारी ९ बस्ने अन्दाजी वर्ष ४८ का बम बहादुर बस्नेतको बिहान ९ः१५ बजे टिपरको ठक्करबाट मृत्यु भएको हो ।

मोरङको सुन्दरहरैचा नगरपालिका खोर्साने र केराबारी गाउँपालिका जोड्ने सडक अन्तरगतको भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको को १ ख ४३५५ को टिपरले को ५ प ५५०० को मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चलक बम बहादुर बस्नेतको दुर्घटनामा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

दुर्घटनामा परेका बस्नेतलाई उपचारको लागी सुनसरी धरान स्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लग्ने क्रममा नै मृत्यु भएको, इलाका प्रहरी कार्यालय बेलबारीको सञ्चार विभागले जनाएको हो ।

स्थानीयले बस्नेतको मृत्युको कारण आक्रोशमा बेलबारी २ स्थित पूर्व पश्चिम राजमार्ग अवरोध गर्ने कोसिस गरेका थिए । इलाका प्रहरी कार्यालय बेलबारीले स्थानीयलाई राजमार्ग अवरोध गर्न रोक्दै, स्थिति सामान्य बनाएका छन् ।
टिपर र चालकलाई भने इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७