मोबाइल एपको प्रतिबन्ध फुकुवा गर्न चिनियाँ अधिकारीले आग्रह


९ जेष्ठ २०७६, बिहीबार
WeChat Pay vs AliPay Digital Wallet Malaysia 4

काठमाडौं, ९ जेठ । चिनियाँ मोबाइल एपहरु वी च्याट र अलीपे नेपालमा वैधानिक रुपमा कारोबार गर्न चाहेको चिनियाँ अधिकारीले बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ दूतावासका अर्थ वाणिज्य हेर्ने काउन्सुलर जाङ फाङले उनीहरू वैधानिक रुपमा नेपाल आउन इच्छुक रहेको बताएका छन् ।

राजश्वको दायराभन्दा बाहिर रहेको भन्दै हालै राष्ट्र बैंकले वी च्याट र अलीपेलाई नेपालमा कारोबार गर्न प्रतिबन्ध लगाएको थियो । यसबाट नेपालमा घुम्न आउने पर्यटकहरु बढी प्रभावित भएका छन् । पर्यटन पूर्वाधारको रुपमा रहेका यी मोबाइल एपलाई बाटो खुला गरिदिनुपर्छ ।’

नेपालका अधिकारीहरुलाई यी मोबाइल एपको प्रतिबन्ध फुकुवाको लागि पहल गरिदिन उनले आग्रह गरे । नेपाल घुम्न आउने चिनियाँ पर्यटकहरुको संख्या उल्लेख्य रहेको भन्दै उनले भने, ‘अन्यथा, पर्यटन क्षेत्रको ठूलो बजार नेपालले गुमाउने छ ।’

चिनियाँ वी च्याट, अलीपेसहित सबै मोबाइल एपहरुले नेपालको कानुन पालना गर्नुपर्ने कुरामा आफूहरु स्पष्ट रहेको उनले बताए । पर्यटकले धेरै प्रयोग गर्ने मोबाइल पेमेन्ट एपजस्ता पूर्वाधार र अपरेटरहरु निर्माण गर्न उनले नेपालका अधिकारीहरुलाई सुझाव समेत दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७