ग्वार्कोस्थित आकाशे पुलबाट हाल्दा कीर्तिमानको गयो ज्यान


९ जेष्ठ २०७६, बिहीबार
sky bridge

काठमाडौं, ९ जेठ । कोटेश्वर–कलङ्की सडकखण्डस्थित ग्वार्को आकाशे पुलबाट हाम फालेर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

बिहीबार विहान पुलबाट हाम फालेका ताप्लेजुङ हाङपाङका ६० वर्षीय कीर्तिमान राईको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सातदोबाटो प्रहरीले जानकारी दिएको छ ।

राईले किन पुलबाट हाम फाले भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टम गरेर आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७