मिस नेपाल अश्मी श्रेष्ठको प्रेमबारे खुलासा


९ जेष्ठ २०७६, बिहीबार
sanam ashmi o7iimrt26mghl53oayy2roph2p0on46igf9zspbq36

काठमाडौं, ९ जेठ । मिस नेपाल २०१६ कि बिजेता अश्मी श्रेष्ठ र भारतीय चर्चित कभर सिङ्गर सनम पुरी एक अर्काको प्रेममा भएको कुरा बाहिरिएको छ ।

उनीहरुले इन्स्टाग्राममा एकै फोटो सेयर गर्दै प्रेममा रहेको कुरा खुलासा गरेका हुन् । अश्मीले सनमसँगको पोटो इन्स्टाग्राममा पोस्ट गर्दै यो मिठो शुरुवात मात्र होइन आउने दिनको मिठो समयको लागि पनि हो भनेकी छिन् ।

उसैगरी सनमले पनि उहि फोटो सेयर गरेका छन् । उनीहरुको यो प्रेमलाई स्वागत गर्दै बधाई शुभकामनको ओइरो लागेको छ । सनमका लाखौँ फ्यान तथा अश्मीका फ्यानले उनीहरुको जोडी जमेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७